सहकारीका अध्यक्ष हरदेववक्स पक्राउ

नेपालगन्ज : सहकारी वित्तीय विकास संस्था लिमिटेडका अध्यक्ष हरदेववक्स चौधरी पक्राउ परेका छन् ।
सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध झण्डै ४३ करोड रकम हनामिना, ठगी र संगठित अपराधअन्तर्गत जिल्ला अदालत बाँकेमा अभियोग पत्र दायर भएपछि फरार भएका अध्यक्ष चौधरीलाई सीमा नाका जमुनाहाबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी सुभाष खड्काले जानकारी दिए । उक्त रकम हिनामिना घटनामा आरोपितमध्ये केही पुर्पक्षका लागि थुनामा छन् भने केही धरौटीमा रिहा भएका छन् ।