प्रेस युनियनद्वारा बाँकेका १० पत्रकारलाई राहात

नेपालगन्ज : नेपाल प्रेस युनियन बाँकेले पत्रकारलाई राहात वितरण गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९)का कारण समस्यामा परेका १० जना पत्रकारलाई राहात वितरणको युनियनका सचिव विजय मल्लले बताए । राहात सामग्रीमा चामल, दाल, पिठो, तेल, नुन र साबुन रहेको छ । युनियन बाँके शाखाले यसअघि आफ्नो लोगो अंकित प्रेस ज्याकेट आफ्ना सदस्यलाई वितरण गरेको छ ।