३ लाख बढी संक्रमित भएका देश (सूची)

नेपालगन्ज : विश्वका ७ देशमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ ।
कोरोना महामारीको विश्वव्यापी तथ्याङ्क अपडेट गर्ने अनलाइन वल्र्डोमिटस् डट इन्फोको आइतबार बिहान ११ः१५ का अनुसार विश्वभर एक करोड २८ लाख ४२ हजार संक्रमित रहेकोमा पाँच लाख ६७ हजार ६५३ जनाको मृत्यु भएको छ । विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा ३३ लाख ५५ हजार, ब्राजिलमा १८ लाख ४० हजार, भारत ८ लाख ५० हजार, रुस सात लाख २० हजार, पेरु तीन लाख २२ हजार, चिली तीन लाख १२ हजार र स्पेन तीन लाख नौ सय ८८ रहेको छ ।