स्रोत नखुलेको १६ लाखसहित भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा
नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अपरेटर अरुणराज खनाललाई अख्तियार टोलीले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले बिहीबार साढे ३ बजेतिर खनालबाट स्रोत नखुलेको १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित नियन्त्रणमा लिएको बताए । १० लाख नगद र अरु चेक कार्यकक्षमा राखेको सूचनाको आधारमा अख्तियारले छापा मारेको थियो । विभिन्न फर्म तथा पसलहरुबाट कमिशन वापतको रकम लिएको बुझिएको छ । अख्तियारमा अस्पतालको केही उपकरण खरिद सम्बन्धी उजुरी पनि परेको छ । ती उजुरीमा प्रारम्भिक छानबिन भइरहेको गैरेले बताए ।