‘नेकपा नेता प्रभाकरका बारेमा दुष्प्रचार निन्दनीय’

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ । फोटो : रातोेपाटी डटकम

काठमाडौं : नेकपा अध्यक्ष प्रचण्डसँग जोडेर पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’का बारेमा सन्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारप्रति ध्यानाकर्षण गरिएको छ ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बिहीबार विज्ञप्ती जारी गरी केही दिन यता नेता ‘प्रभाकर’ का विषयमा मिडियामार्फत नेताहरुमाथि लगाइएका आरोप र दुष्प्रचार निन्दनीय भएको बताएका छन् । ‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ । अहिलेको पार्टी भित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो’, विज्ञप्तीमा भनिएको छ, ‘कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछौं ।’