मेडिकल कलेजका एक डाक्टरसहित बाँकेमा थप २७ मा कोरोना

नेपालगन्ज : बाँकेमा मंगलबार थप २७ जनामा कोरोन पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालाले मंगलबार मध्यान्न १२ बजे सार्वजनिक गरेको विवरणमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका एक जना डाक्टरसहित ५ कर्मचारी छन् ।
शिक्षण अस्पताल कोहलपुरको कोरोना फोकल पर्सन डा. दिनेश श्रेष्ठका अनुसार एमबीबीएस उत्तीर्ण गरी इन्टर्नमा रहेका डाक्टरलाई कोरोना भएको हो । अन्य चार जना भने अस्पतालको विभिन्न विभागमा काम गर्ने कर्मचारी हुन् ।
भेरी अस्पतालमा मंगलबार कोरोना पुष्टि भएका ५९ जनामध्ये दाङको नेपाली सेनाको फिएबाट संकलित स्थायी ठेगाना विभिन्न जिल्ला भएका २९, दाङ जिल्लाका अन्य ३ र १ जना अछामका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *