शुक्रबारसम्म निषेधाज्ञा थप

नेपालगन्ज : बाँकेमा जारी निषेधाज्ञा तीन दिन सम्म थपिएको छ । जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले शुक्रवार राती १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । निषेधाज्ञा थपीएपनि सिल गरिएका क्षेत्रलाई भने भोली देखि हटाउने तयारी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । जिल्लामा संक्रमितको संख्या बढ्दै जाँदा बाँकेमा १० दिन देखि  जारी निषेधाज्ञालाई तीन तीन दिनका दरले बढाउँदै अनावश्यक हिडडुलमा रोक लगाईएको छ ।