कर्णाली नदीको तिघ्रा क्षेत्रमा बाँध भत्कियो
शक्ति परियार । राजापुर
बर्दियामा कर्णाली नदीकोे तटबन्ध (बाँध) भत्किएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जल सतह बढेमा बस्तीमा पानी पस्न सक्ने खतरा रहेको भन्दै तत्कालका लागि अस्थायी तटबन्ध निमार्ण गरिएको र स्थायी तटबन्धका लागि कर्णाली नदी व्यवस्थापन आयोजनासँग समन्वय भैरहेको बताए ।
बाँँध भत्किए पनि नदीको सतहभन्दा जमिनको सतहमाथि भएकाले पानी बस्तीमा भने पसेको छैन ।
बाढीको पानी जुनसुकै बेला बस्तीमा पस्न सक्ने भएकाले राजापुर नगरपालिका वडा नं ३, ४, र ७ का तीन हजार परिवारलाई उच्च सावधानी अपनाउन प्रजिअ अधिकारीले आग्रह गरेका छन् । अस्थायी तटबन्ध निमार्ण गर्न शुक्रबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, युवा संघ, अनेरास्ववियुका कार्यकर्ता र स्थानीयहरु जुटेका छन् ।