कोहलपुरका ६ सहित बाँकेमा ११ र बर्दियामा १२ जनामा कोरोना

नेपालगन्ज : बाँके जिल्लामा शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोहलपुरका ६, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका ३ र भेरी अस्पताल नेपालगन्जमा स्वाब संकलन गरिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले फेसबुकमा स्टाटस लेख्दै सात सय स्याम्पलमा बाँकेमा ११ जना र बर्दियामा १२ जना कोरोना संक्रमित थपिएको जनाएका छन् । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ९६ पुगेको छ । ४ सय ३५ जनाले कोरोना जितेका छन् भने ३ जनाको कोरोनाबाट ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *