बर्दियाका ८१ प्रतिशत संक्रमितले कोरोना जिते

शक्ति परियार । राजापुर
बर्दिया जिल्लाका झन्डै ८१ प्रतिशत संक्रमितले कोरोना जितेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीका अनुसार जिल्लाका दुई सय ८७ कूल कोरोना संक्रमितमध्ये दुई सय ३२ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । जुन कूल संक्रमितमध्ये निको हुने ८०.८३ प्रतिशत हो । शनिबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा गुलरिया नगरपालिकाका २३ र २४ बर्षका २ महिला हुन् । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।