बाँकेका ४४४ कोरोना संक्रमित डिस्चार्ज

नेपालगन्ज : बाँके जिल्लामा चार सय ६३ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जिल्लाका कूल कोरोना संक्रमित सात सय ६ मध्ये चार सय ४४ जना डिस्चार्ज भएका हुन् । जुन कूल संक्रमितमध्ये डिस्चार्ज हुने ६२.८८ प्रतिशत हो । आइतबार मात्र बाँकेका ७ जना, सुर्खेत र बर्दियाका एक एक जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । नेपालगन्जको आदर्शनगरस्थित आइसोलेसनबाट ६ जना, खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २ जना र एक जना धनगढीको धरान आइसोलेसनाट एक जना डिस्चार्ज भएका हुन् ।