बाँकेमा कोरोना संक्रमितको कूल संख्या ७०६

शनिबार जिल्लामा थप १० जनामा कोरोना, जिल्ला समन्वय समितिका जनप्रतिनिधि र कर्मचारी कसैलाई पनि कोरोना भएको होइन : प्रमुख श्रीवास्तव

नेपालगन्ज :  बाँके जिल्लामा कोरोना संक्रमितको संख्या सात सय ६ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ६ वर्षीया बालिका ६४ वर्षका पुरुषलाई संक्रमण भएको हो ।
शनिबार कोरोना पुष्टि भएकामध्ये जिल्ला समन्वय समिति बाँकेमा स्वाब संकलन गरेका ७ जना, नेपालगन्ज मेडिकल कलेजका १ जनालगायतका रहेका छन् । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले जिससमा स्वाब संकलन गरिएका ७ जना व्यक्तिको रिपोर्र्ट पोजेटिभ आए पनि तीमध्ये कोही पनि जिससका नभएको बताए । जिससका जनप्रतिनिधि र कर्मचारी गरी १५ जनाको स्वाब संकलन गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उनले प्रष्ट पारे । जिससमा ८५ जनाभन्दा बढी व्यक्तिको स्वाब संकलन भएको थियो । १५ जनाबाहेक सबै बाहिरका व्यक्ति थिए ।