कैलालीका बाढी पीडितलाई अमेरिकामा बस्ने सुदूपश्चिमेलीको सहयोग

मानबहादुर ठकुल्ला । टीकापुर

अमेरिकामा रहेको सुदूपश्चिमेली नेपाली समाज क्यालिफोर्नियाको सहयोगमा कैलालीको भजनी नगरपालिका–८ का बाढी पीडितहरुलाई नगद राहात वितरण गरिएको छ ।
१४ श्रावणको बाढीमा ज्यान गुमाएका एजिकेल चौधरी, चक्रबहादुर विक, ईश्वर शाहीका परिवारलाई ५/५ हजारका दरले र अन्य १३ घरपरिवारलाई जनहि २/२ हजारका दरले राहात हस्तान्तरण गरेको टीकापुर ८ वडा अध्यक्ष पंकज चौधरीले जानकारी दिए ।

बाढीबाट पूर्ण रुपमा घरमा क्षति भएका स्यानु चौधरी, बाले ढोली, दिलिप साउँद ,तेजबहादुर साउँद, लक्ष्मण चौधरी, भुखाली चौधरी, पतिराम चौधरी, सतनारायण चौधरी, खगेन्द्र शाही, पार्वती शाही, जयाबहादुर कामी, सहवीर विक र पुरन डगौरालाई समेत जनही २ हजारका दरले नगद सहयोग गरिएको वडा सदस्य कृष्ण धमालाले बताए ।
पत्रकार मानबहादुर ठकुल्लाको समन्वयमा सुदूपश्चिमेली नेपाली समाज क्यालिफोर्नियाले सहयोग रकम पठाएको हो । समाजका अध्यक्ष अध्यक्ष करन चन्द, उपाध्यक्ष हेमबहादुर ठकुल्ला, उपाध्यक्ष खेमु रेग्मी, महासचिव मनिराज न्यौपाने र वरिष्ठ सल्लाहाकार गणेश भट्टराईलगायतको टोलीले सहयोग पठाएका हुन् ।