बर्दियामा थपिए १० संक्रमित

गुलरिया : बर्दियामा सोमबार १० जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाका विभिन्न स्थानवाट लिइएको स्वाव संकलनवाट १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्ण गोपाल चौधरीका अनुसार पछिल्लो २४ घण्टामा ठाकुरबाबामा ४, गुलरियामा २, गेरुवामा २ र बारबर्दियाका २ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्य एकजना सुर्खेत घर भएका कर्मचारी समेत रहेका छन ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा बर्दियावाट ५ सय ४६ जनाको स्वावको नमूना संकलन गरी परिक्षणको लागि पठाएकोमा १० जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ सय २ पुगेको छ ।