लकडाउनमा १२ महिला बालबालिका बेपत्ता
नेपालगन्ज : लकडाउनको अवधिमा १७ जना महिला बालबालिका हराएका छन् ।
माइती नेपाल नेपालगन्जमा एक वर्षको अवधिमा पाँच सय ८५ जनाको खोजतलास तथा उद्दारको लागि निवेदन परेकोमा दुई सय ८० जना फेला परेका थिए । तीमध्ये १७ जना लकडाउनको अवधिका हुन् । लकडाउनमा हराएका १७ जनामध्ये ५ जना मात्र फेला परेको र अरुको खोजी भइरहेको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताए । यो एक वर्षको अवधिमा मानव बेचबिखनको जोखिममा रहेका पाँच सय ७७ महिला बालबालिकालाई नेपाल भारत सिमाना जमुनाहाबाट नेपाल प्रहरीसँगको समन्वयमा उद्दार गरिएको थियो । एक जनालाई लकडाउनमा उद्दार गरिएको थियो ।