इन्सपेक्टरसहित जिल्ला प्रहरीका ३१ मा कोरोना, शुक्रबार मात्र १८ संक्रमित थपिए

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत ३१ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा जवानदेखि इन्सपेक्टरसम्म छन् ।
बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काका अनुसार शुक्रबार दिउँसो ४ र साँझतिर १४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि १३ जना प्रहरी संक्रमित भइसकेका छन् । एक जना थुनुवामा कोरोना संक्रमण भएपछि मुद्दा फाँटका प्रहरीमा कोरोना संक्रमण भएको थियो । संक्रमित प्रहरीको कन्ट्याक्ट टे«सिङका आधारमा थप प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शुक्रबार तेस्रो लटमा गरी एकैदिन ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै बाँके जिल्लामा कूल कोरोना संक्रमितको संख्या एक हजार एक सय ९९ पुगेको छ ।