बाँकेमा एकै दिन ५० संक्रमित डिस्चार्ज (सूचीसहित)
नेपालगन्ज : बाँके जिल्लामा शनिबार ५० जना कोरोना संक्रमित आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार २७ पुरुष र २३ महिला डिस्चार्ज भएका हुन् । उनीहरु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको चिसापानी आइसोलेसन र होटल सिटी प्यालेस आइसोलेसनबाट १६/१६ जना, भेरी अस्पतालको आइसोलेसनबाट १२ जना, कौशिलानगर आर्मी आइसोलेसनबाट र होटल अतिथि प्रा.लि. कोहलपरुबाट दुई दुई जना, होटल खनाल आइसोलेसन र आदर्शनगर आइसोलेसनबाट एक एक जना डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या एक हजार चार सय ११ पुगेको छ । शनिबार दिउँसो ३ बजेसम्म आइसोलेसनमा तीन सय ५८ जना छन् । जिल्लामा कूल कोरोना संक्रमितको संख्या एक हजार सात सय ७७ पुगेको छ । जसमध्ये कोरोनाबाट अहिलेसम्म १२ जनाको ज्यान गएको छ ।