नारायणपुर जेसिजले सप्ताहव्यापी कार्यक्रम गर्दै

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको नारायणपुर जेसिजले सप्ताहव्यापी कार्यक्रम सावर्जनिक गरेको छ ।
सप्ताहव्यापी कार्यक्रमको पहिला दिन टीकापुर–६ स्थित स्वास्थ्य चौकीमा फलफूल वितरण गरिने, दोश्रो दिन जेसिजका पूर्वअध्यक्ष स्व. कुलदिप भट्टराईको १३औं पुण्य तिथिमा श्रद्धाञ्जलीसभा गरिने, तेस्रो दिन नारायणपुर चोकमा मास्क र सेनिटाइजर वितरण, चौथो दिनमा सत्तीस्थित शिवमन्दिरको सरसफाइ , पाँचौं दिनमा स्लो मोटरसाइकल प्रतियोगिता, छैठौं दिनमा युवा क्षमता तथा नेतृत्व विकास तालिम र अन्तिम दिन सम्मान कार्यक्रम गरी समापन गरिने संस्थाका अध्यक्ष शम्भु कडायतले जानकारी दिए । टीकापुर ७ मा रहेको जेसिजले १० असोजदेखि एक सातासम्म कार्यक्रम गर्ने जनाएको छ ।