कोरोनाबाट बर्दियामा क्याम्पस प्रमुखको मृत्यु

नेपालगन्ज : कोरोना भाइरस (कोभिड–१९) बाट बर्दियाको गुलरिया नगरपालिका–७ का ५० वर्षका पुरुषको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शनिबार दिउँसो २ः२५ बजेतिर उनको भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो । मृतक बर्दिया सदरमुकाम गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियालाई उद्दृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय बाँकेले प्रेस नोटमा जानकारी गराइएको छ । उनी २ वर्ष अघि फोक्सोको क्यान्सरको उपचार गराइरहेका थिए । योसँगै बर्दिया जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *