टीकापुरको दिगो विकास सहकारीको मुनाफा २२ लाख

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर ८ बटनपुर स्थित दिगो विकास बचत तथा ऋण सहकारी संस्थाले २२ लाख रुपैयाँ भन्दा बढी मुनाफा कमाउन सफल भएको छ ।
सहकारीको शनिबार सम्पन्न २०औं वार्षिक साधारणसभामा व्यवस्थापक तारा साउँदले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदनमा संस्थाको कुल कारोबार १२ करोड ८८ लाख ९८ हजार १ सय ३७ रुपैयाँ रहेकोमा २२ लाख ९ हजार ३ सय ५८ रुपैयाँ मुनाफा कमाउन सफल भएको हो ।
सेतबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष दीर्घ ठकुल्ला प्रमुख अतिथि रहनुभएको थियो भने साबिक धनसिंहपुर गाविसका पूर्व अध्यक्ष जंगबहादुर साउँद विशिष्ट अतिथि रहनुभएको थियो। सहकारीमा हाल ९६६ जना शेयर सदस्य रहेका छन्। शेयर पुँजी ५८ लाख ९० हजार ६ सय रुपैयाँ रहेको छ।
सहकारीमा कुल २ हजार ७६६ जना बचतकर्ता रहेका छन् । जसमा क्रमिक बचतकर्ता १ हजार ४ जना, साधारण बचतकर्ता १ हजार ६१५ जना र विशेष बचतकर्ता १०४ जना रहेका छन्। त्यस्तै ऋण लिएका सदस्यहरुको संख्या ३०७ जना रहेको छ ।
उपाध्यक्ष माया साउदको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा समाजसेवी धनसिंह साउँद, योगेन्द्र साउँद, प्रेम विक, सामुदायिक एफएमका पत्रकार ईश्वर साउँद, धनसिंहपुर एकता समाजका कृष्ण गोपाल चौधरी लगायतले शुभकामना दिनु भएको थियो। कार्यक्रमको सञ्चालन सचिव चन्द्रबहादुर साउँदले गर्नु भएको थियो भने संयोजक शेरबहादुर बुढाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।