सरकारी मूल्यमै किसानको धान खरिद

मुरली गोडिया । गुलरिया
बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको सरकारले तोकेको मूल्यमै धान खरिद गरेको छ ।
१८औं वार्षिक साधरणको अवसरमा सहकारीका अध्यक्ष जगन्नाथ कँडेलले बर्दियाका किसानहरुले आफूले उत्पादन गरेको धान सरकारी मूल्यभन्दा कममा बेच्न बाध्य भएको गुनासो आए पनि सहकारीले सरकारले तोकेको दररेटमै खरिद गरिरहेको जानकारी दिएका छन् । उनले किसानलाई मारमा पार्ने गरी कसैले पनि सरकारी मूल्य भन्दा कममा धान खरिद गर्न नहुने बताएका छन् ।
बारबर्दिया नगरपालिकाकी उपप्रमुख अञ्जु दहितको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा संस्थाको विविधि क्रियाकलाप, आर्थिक क्रियाकलाप लगायतको प्रस्तुत गरिएको थियो ।
सहकारी संस्था लिमिटेड पदनाहाले गर्दै आएको १६ करोड बराबरको आर्थिक प्रतिबेदन संस्थाका सहायक प्रबन्धक सीता पोखरेलले प्रस्तुत गरिन् । संस्थामा आबद्ध शेयर सदस्यहरूलाई रासायनिक मलखाद बिक्री वितरण, पशुपालक तथा मासुजन्य व्यवसायका लागि न्यून ब्याजदरमा ऋण लगानी गरिरहेको जनाएको छ । तरकारिको बीउ बितरण गर्ने गरेको उक्त सहकारी संस्थाले कोभिड १९ को संक्रमण रोकथामका लागि बारबर्दिया नगरपालिकालाई रु ५० हजार रुपैयाँ सहयोगसमेत गरिसकेको छ । साना किसान कृषि सहकारी संस्थाले उक्त क्षेत्रमा २ सय ८१ वटा समूहमा गरी १ हजार ९ सय ३६ जना शेयर सदस्य छन् ।