अलपत्र र बेवारिसे व्यक्ति राख्न ‘बाआमा घर’

‘बाआमा घर’को शुभारम्भ गरिँदै । फोटो सौजन्य : शुक्रऋषि चौलागाई

नेपालगन्ज : अलपत्र र बेवारिसे अवस्थाका व्यक्तिको व्यवस्थापनका लागि नेपालगन्जमा बाआमा घर आश्रम स्थापना गरिएको छ ।
बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदो भुजइगाउँमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको हो । बागेश्वरी अशल शासन क्लब ((बास)का केन्द्रीय अध्यक्ष रमेश सिटौलाले शनिबार आश्रमको उद्घाटन गरेका हुन् । केन्द्रकी सहसचिव समुना पोख्रेलका अनुसार २५ जनाको क्षमता रहेको चार कोठे आश्रममा १२ जनालाई राखिएको छ ।