जन्मदिनको अवसरमा नेता रेग्मीले गरे विपन्नलाई २० हजार सहयोग

राजापुर, बर्दिया

नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य कमलप्रसाद रेग्मीले आफ्नो जन्मदिनको अवसरमा विपन्न नागरिकका परिवारलाई आर्थिक सहयोग गरेका छन । बर्दियाको गेरूवा गाउँपालिका ४ निवासी रेग्मीले कर्णाली नदीमा बगेर निधन भएका जोधीपुरका ४४ बर्षिय बलबहादुर रोकायाका बालबच्चाको शिक्षाका लागि २० हजार सहयोग गरेका हुन् । रोकायको मृत्यु भएपछि परिवारको जीविकोपार्जन लगायत उनका चार छोरीहरुको शिक्षामा समस्या भएको थियो । उनले स्वर्गीय रोकायाको घर जोधिपुर पुगी धर्मपत्नी रेवान्ता रोकायलाई सो सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्त्रण गर्दै उनले रोकायकी ६ वर्षीय छोरी लक्ष्मीलाई १२ कक्षा पढाउने जिम्मा लिँदै प्रत्यक बर्ष जन्मदिनको अवसर पारेर २० हजार नगद सहयोग गर्ने प्रतिवद्धता जनाए ।


सहयोग हस्तान्त्रण कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तेजराज भाटले रेग्मीले गरेको सामाजिक कार्यको प्रसंसा गर्दै फजुल खर्चलाई कटौती गरी सामाजिक काममा लगाउनु उदाहरणीय कार्य भएको बताए । कार्यक्रममा शिक्षक नारायण पौडेल, चेतनाथ पौडेल, हिमाल खनाल, मनोज ढुंगाना, विद्यार्थी नेता अमृत ढकाल, नेपाली कांग्रेस गेरूवा ४ का सभापति उमाकान्त धिताललगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *