टीकापुर घटनामा उच्च अदालतको फैसलाविरुद्ध कैलालीमा विरोध प्रदर्शन
मानबहादुर ठकुल्ला । भजनी
टीकापुर घट्नामा उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध आइतबार कैलालीको भजनी नगरपालिकामा विरोध प्रदर्शन भएको छ । अदालतले २पुसमा जिल्ला अदालत कैलालीको फैसलालाई सदर गर्दै फैसला गरेको थियो । उच्च अदालतका वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित आठ जनालाई जन्मकैद फैसला गरेको थियो । यसअघि ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैद फैसला गरेकामा उच्चले तीमध्ये सात जनाको सजाय सदर गरेको छ । चार जनाको सजाय घटाएको छ ।
जनता समाजवादी पार्टी भजनी नगर समितिले आयोजना गरेको विरोध कार्यक्रम नगरपालिका वडा न ३ स्थित बेल जुस उद्योगबाट शुरु भएको ¥याली भजनी बजार परिक्रमा पश्चात भजनी चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभामा प्रदेश सांसद कृष्णबहादुर चौधरी, जनता समाज पार्टी नेता केवल चौधरी, डिल्ली जैसी भजनी नगरपालिका वडा न ३ का वडा अध्यक्ष विक्रम चौधरीलगायतले सम्बोधन गरेका थिए । वक्ताहरुले पूर्वाग्रही ढंगले झुठ्ठा मुद्दा लगाएर फसाएको दाबी गरेका थिए । उनीहरुले प्रतिनिधिसभा सदस्य रेशम चौधरीलगायत थरुहट आन्दोलनका कैदीहरुलाई मुद्दा खारेजी गर्नुपर्नेलगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।