राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, वैशाखमा प्रतिनिधिसभा निर्वाचन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेकी हुन् । राष्ट्रपतिको कार्यालय शीतल निवासले आइतबार विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।
संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर सिफारिस गरिएको थियो ।