संसद विघटनको विरोधमा ७ मन्त्रीद्वारा राजीनामा

नेपालगन्ज : संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गर्दै केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भटराई, उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगरले राजिनामा दिएका हुन् । राजीनामा दिने सबै प्रचण्ड नेपाल खेमाका मन्त्रीहरु हुन् ।