संसद बैठक आह्वान गर्न सभामुख सापकोटालाई पुर्वमन्त्री गौतमको आग्रह

मुरली गोडिया, गुलरिया ।
नेपाली काँग्रेस बर्दियाका सभापति एवम पुर्व सिचाई मन्त्री संजयकुमार गौतमले संसद बैठक आह्वान गर्न सभामुख अग्नीप्रसाद सापकोटालाई आग्रह गरेका छन । शनिबार बर्दियामा भएको विरोध कार्यक्रमलाई संवोधन गर्दै सभापती गौतमले हिजो प्रतिगमनका विरुद्ध पनि नेपाली काँग्रेसले सडक बाट संसदको आह्वान गरेको स्मरण गर्दै गौतमले हालको विषम परिस्थीतीमा पनि संसद बैठक आह्वान गर्नुपर्ने बताए । सभामुख सापकोटालाई उल्लेख गर्दै उनले भने “तपाई संसद बोलाउने हिम्मत गर्नुस, संसद बोलाउनुस हामी सांसद हौ हामी आउँछौं ।” उनले थपे “हामी आउछौं त्यति वेला तपाईसंग सहकार्यको कुरा हुन सक्ला ।”


संसद विघटन गर्ने अधिकार संविधानमा उल्लेख नभएको गौतमले बताए । नेपाली काँग्रेसले आज देशभरका निर्वाचन क्षेत्रहरुमा गरेको विरोध कार्यक्रमको अवसरमा बर्दियाको मधुवन नगरपालिकामा आयोजना गरिएको विरोध कार्यक्रममा बोल्दै उनले संसद पुर्नस्थापना बाहके नेपाली जनता सामु कुनै विकल्प नभएको बताए । संसद पुर्नगठन भएपनि प्रधानमन्त्री लगायतका नेतालाई सडकबाट भएपनि फाल्ने उनको भनाई थियो । उक्त विरोध कार्यक्रममा महासमिती सदस्य, जिल्ला कार्य समितीका पदाधिकारी, नगर कमिटी सदस्य लगायतले संसद विघटन गरेको विरुद्धमा एक हुन कार्यकर्तालाई आग्रह गरेका थिए ।