मध्यपश्चिम स्रष्टा समाजको अध्यक्षमा चौलागाईं

नेपालगन्ज : मध्यपश्चिम स्रष्टा समाजको अध्यक्षमा शुक्रऋषि चौलागाईं चयन भएका छन् ।
समाजको शनिबार नेपालगन्जमा सम्पन्न चौथो साधारण सभाले चौलागाईंको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो । कार्यसमितिको सदस्यहरुमा अमृत शर्मा ढकाल, वीरेन्द्र जैसी, छत्रपति सिंह, ललिता शर्मा, बालकृष्ण शर्मा, विनोदप्रसाद देवकोटा, प्रकाश भाट र अश्मिता शाह महतरा चयन भएका हुन् ।