कोहलपुरका नगर प्रमुख रावतलाई कोरोना

कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतलाई कोरोना संक्रमण भएको छ ।
जिल्ला कोभिड १९ संंकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार पुस २८ गतेदेखि सामान्य रुघाखोकी लागेका रावतको स्वाब परीक्षण पोजेटिभ आएको हो । रावत आफ्नै घरको होम आइशोलेसनमा बसेका छन् । रावतसँगै उनकी धर्मपत्नी र छोराबुहारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।