नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

काठमाडौं : नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार विज्ञप्ती जारी गरी ६७ वर्षीय र ३२ वर्षीय पुरुषका साथै २८ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । बेलायतबाट आएका उनीहरुको हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ । बेलायतसहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको भाइरस पहिलाको भन्दा बढी संक्रामक रहेको वैज्ञानिकहरूले बताएका छन् ।