ओलीबाट राजा महेन्द्रको कदम पुनरावृत्ति भयो : उपेन्द्र यादव

समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नेपालगन्जको पत्रकार भेटघाटमा । फोटो सौजन्य : जावेद अन्सारी

नेपालगन्ज : समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर राजा महेन्द्रको कदमको पुनरावृत्ति भएको बताएका छन् ।
अवधि पत्रकार संघ नेपाल बाँके शाखाले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको कदम २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदमको पुनरावृत्ति भएको बताएक हुन् । उनले भने ‘यो कदम खारेज गरेर लोकतन्त्रलाई, संघीयतालाई, गणतन्त्रलाई समावेशीतालाई धर्म निरपेक्षेतालाई संस्थागत गर्दै र संविधानमा रहेका त्रुटिहरुलाई त्यसलाई संशोधनको माध्यमबाट सच्चाउँदै मुलुक अघि बढ्नु नै उपयुक्त बाटो हो । यो नै समाधानको उपाय हो ।’ प्रधानमन्त्रीको कदम प्रतिगामी भएको दाबी गर्दै सबै दल एक भएर संघर्षमा उत्रिन उनले आग्रह गरे ।