गेरुवालाई छुवाछुत तथा भेदभाव मुक्त पालिका बनाउने तयारी
मुरली गोडिया, गुलरिया ।
बर्दियाको गेरुवा गाँउपालिकालाई छुवाछुत तथा भेदभाव मुक्त पालिका बनाउने तयारी थालिएको छ । गाँउपालिकाको सक्रियतामा दलित सेवा संघको प्रयासमा पालिकाका सबै वडामा दलित र गैर दलित विच विभिन्न चरणका छलफल गर्दै तयारी थालिएको हो । राज्यका हरेक तहमा दलितहरुको सहज पहुँच पु¥याउन जनचेतना तथा दवाव सिर्जना गर्न यस अभियानले मद्यत पुग्ने बताइएको छ । राज्यका ऐन, कानूनमा व्यवस्था भएका अधिकार प्राप्तीका लागि पालिकाले निति तथा कार्यक्रमबाटै सम्बोदन गर्ने तयारी गरिरहेको गाँउपालिकाकी उपाध्यक्ष हिमा कुमारी चौधरीले बताईन । ‘दलित तथा सिमान्तकृत समुदायलाई सहयोग पुग्ने गरि नीति तथा कार्यक्रम बनाईरहेका छौ’ उनले भनिन ।
संविधानमा व्यवस्था भएको दलित समुदायका अधिकार प्राप्तीका लागी निर्माण गरिएका ऐन नियमको पालना गर्न र गराउन यस्ले मद्यत पुग्ने आशा गरिएको दलित सेवा सघ उपशाखा पशुपतिनगरका अध्यक्ष बम बहादुर विकले बताए । छुवाछुत तथा भेदभाव मुक्त पालिका घोषणा गर्ने तयारी थालिएपछि सरोकारवालाहरुले खुसी व्यत्तः गरेका छन । संविधानमा दलित समुदायका लागी थुप्रै कानुन निर्माण भएपनि कार्यन्वयन हुन नसकिरहेको भन्दै यस्तो अवस्थामा अझै पनि जातीय व्यवस्थाका बिषय नै उठान गर्नुपर्ने अवस्था रहेको र त्यसैको कारण नेपालमा भनेजति विकाश हुन नसकेको दलित सेवा संघ बर्दियाका अध्यक्ष तारा बहादुर सुनारले बताए ।
बर्दिया जिल्लामा करिब ९ हजार घरधुरीमा ५० हजार दलित जनसंख्या रहेको तथ्याङ छ । गेरुवा गाँउपालिकालाई छुवाछुत तथा भेदभाव मुक्त पालिका घोषणा गर्ने तयारीे गरि रहँदा अन्य स्थानिय तहलाई समेत सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।