नेपालगन्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि सम्झौता

नेपालगन्ज : नेपालगन्जको स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि सम्झौता भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणा र जीआइजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार एलेक्कजेन्ड्रा पुलुस्केले शनिबार नेपालगन्जमा द्वीपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  स्वास्थ्यजन्य फोहार व्यवस्थापनका लागि प्राविधिक तथा उपकरणहरुको सहयोग जीआइजेडले गर्ने भएको छ । उपमहानगरले भवन निर्माण प्रक्रिया सुरु गरेको छ । नगर प्रमुख राणाले स्वास्थ्य क्षेत्रको हवको रुपमा रहेको नेपालगन्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन हुनु आफैमा ठूलो उपलब्धी भएको बताए । उपप्रमुख उमा थापा मगरले सार्वजनिक नीजि साझेदारीमा सञ्चालन गरिने जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *