बाँकेमा १९ दिनमा १ हजार ६२४ ले जिते कोरोना

नेपालगन्ज : कोरोना संक्रमण भयावह रुपमा बढेको बाँकेमा कोरोना जित्नेको संख्या पनि बढ्दै गएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार वैशाख १ देखि १९ गतेसम्म जिल्लाका एक हजार ६ सय २४ जनाले कोरोना जितेका छन् । जसमध्य सात सय २३ महिला र नौं सय एक पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । वैशाख १६ गते यता कोरोना निको हुनेको संख्या पनि बढेको छ । केन्द्रको तथ्यांक अनुसार वैशाख १६ मा दुई सय ४४ जना, १७ गते दुई सय ५, १८ गते दुई सय ५० र १९ गते सबैभन्दा बढी तीन सय ५ जनाले कोरोना परास्त गरेका छन् ।