कोरोना जित्ने अस्त्र : मनोबल र सकारात्मक सोच

पत्रकार मेघराज ओली र नर्स लक्ष्मी केसी । तस्बिर : शंकरप्रसाद खनाल

शंकरप्रसाद खनाल । नेपालगन्ज
८ जेठ २०७७ को बेलुका ६ः२० बजेको समय नर्स लक्ष्मी केसीका लागि कहिल्यै नभुल्ने दिन भएको छ । सधैं आठदेखि नौ बजे कर्मक्षेत्रबाट फर्किने लक्ष्मी त्यो दिन भने अपरान्ह ५ बजे घर फर्केकी थिइन् । नसिङ संघ बाँकेकी अध्यक्षसमेत रहेकी उनी नसिङ संघको भर्चुअल मिटिङमै रहेको बेला पति मेघराज ओलीले सिरियस समस्या छ । मिटिङ अन्त्य गर्न भनेका थिए । कामबाट फर्केपछि सधैं जिस्किने पतिले आज पनि मजाक गरेका होलान् उनले ठानिन् । तर उनलाई कोरोना भएको रहेछ । त्यत्तिबेला बाँकेका कोरोनाको त्रास व्यापक थियो । ‘आफ्नो रिपोर्ट पोजेटिभ भएको पत्याइनन् । ल्याबको रिपोर्ट गलत हो भनिन् । मेरो रिपोर्ट नै होइन । म सुरक्षाका सबै विधि अपनाएर हिँड्थे । कसरी हुन्छ’, उनले गरेको प्रतिपादको घटना मेघराजले सम्झे । मनमा कता कता चिसो पस्यो तर उनी आत्तिनन् । ‘अरुलाई सम्झाउन सजिलो हुन्छ, आफू समस्यामा पर्दा गाह्रो हुने रहेछ’, लक्ष्मीले यर्थाथता दर्शाइन् । आफू संक्रमित भएको कुरा भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापालाई फोन गरेर सोधेपछि मात्र उनी ढुक्क भइन् । उनले छोरा र छोरीलाई बोलाएर दुई दुई वटा मास्क लगाउन लगाइन् । र, आफू घरको पश्चिमतिरको कोठामा आइसोलेट भइन् । तत्कालीन समयमा खजुरा गाउँपालिकाकी स्वास्थ्य सहसंयोजक रहेकी नर्सिंग अधिकृत लक्ष्मीले गाउँपालिकाको टिमलाई घर सेनिटाइज गर्न बोलाइन् । कोरोना संक्रमण भएको २४ घण्टासम्म घरकैै आइसोलेसनमा बसेकी उनले घरमै बस्न माग गरिन् तर पाइनन् । नेपाल सरकारले होम आइसोलेसनमा बस्ने सक्ने नीतिगत व्यवस्था गरे पनि त्यत्तिबेला बाँकेमा होम आइसोलेसनको अभ्यास थिएन ।
उनलाई संक्रमण भएको दोस्रो दिन पति मेघराज र दुई सन्तानको पनि स्वाब संकलन भयो । तीन दिनमा पतिको कोरोना रिपोर्ट पनि पोजेटिभ आयो । यो क्षण मेघराजका लागि केही असहज पक्कै भयो । स्थानीय मध्यपश्चिम सन्देश दैनिकका प्रकाशक सम्पादक रहेका मेघराज खजुरा गाउँपालिकामा रहेको सुशील कोइराला क्यान्सर प्रखर अस्पतालको आइसोलेसनमा गएपछि कोरोना जित्न दैनिकी फेरिएको बताउँछन्् ।
कोरोना निको भइसकेपछि एक वर्षअघि नेपालगन्जको न्युरोडस्थित उनको निवासमा पुगेर कुरा गर्दा पत्रकार ओली र नर्स लक्ष्मीले कोरोना संक्रमण र यसबाट जोगिने उपायबारे आफ्ना अनुभव विज्ञ जस्तै धाराप्रवाह रुपमा प्रस्तुत गरेका थिए । ‘आइसोलेसनमा बस्नेले आफूलाई दिनभरी नै पूरै क्रियाशील बनाउनु पर्छ । सकेसम्म दैनिक रुटिन नै बनाएको राम्रो । नत्र भने मनमा रोग लागेको छ । के हुने हो भन्ने तनावले घेर्छ’, मेघराजको सुझाव थियो । लक्ष्मी भन्दै थिइन्, ‘रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सकारात्मक सोच चाहिन्छ । नत्र भने डिप्रेशनमा जाने खतरा हुन्छ ।’
कोरोना सास्ती अरुले झेल्न नपरोस् भन्दै दुबैले दैनिकीको फेहरिस्त प्रस्तुत गरे, ‘हामी बिहान ५ बजे नै उठ्थ्यौं । नित्यकर्म गरेर बिहान २ घण्टाजति योग ध्यान गथ्र्यौं । कपालभाँती, अनुुलोम विलोन पनि गथ्र्यौं । तातोपानीको वाफ दिनमा तीन पटक लिन्थ्यौं । ओम उच्चारण तनावमुक्त गर्ने निकै शक्तिलाली मन्त्र रहेछ । हामी त्यही उच्चारणबाट योग सुरु गथ्र्यौैं ।’ कोरोना पोजेटिभ भए पनि कुनै लक्षण थिएन । कोरोना जित्न स्वास्थ्यकर्मी भए पनि लक्ष्मीले जडिबुटीलाई आत्मसात गरिन् । ‘रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न गुर्जो निकै प्रभावकारी रहेछ । गुर्जो, टिमुर, लसुन, बेसार, अदुवा, नुन मिसाएर पानी खान्थ्यौं । मनतातो पानीमा कागती र मह पनि खान्थ्यौं । च्यावनप्रास प्रोटिनयुक्त खाना काजु, किसमिस, बदाम पनि खायौं’, मेघराजले सुनाए । ‘मेरो ब्रतको दिन पनि लसुन खुवाउनु भयो है’, लक्ष्मीले पतिसँग गुनासो गरिन् । आइसोलेसनको वातावरण एकदमै मायालु हुनुपर्छ । त्यही वातावरणले आधा रोग निको बनाइदिन्छ । तनाव मुक्त भइन्छ । आइसोलेसनमा इन्टरनेटको व्यवस्था भए वातावरण सहज हुने उनीहरुले अनुभव सुनाए ।
कोरोना जित्न आफै बिरामी र आफै डाक्टर हुनुपर्छ । उनीहरुले सिकेको अर्को कुरा थियो, ’सोच सकारात्मक हुनुपर्छ । आफूलाई एकदमै तनावमुक्त बनाएर राख्नुपर्छ । कोरोना निको भए पूरानै अवस्थामा फर्कन सकिन्छ । कोरोनालाई जित्न सकिन्छ ।’ कोरोना जित्न ५० प्रतिशत त उच्च मनोबल चाहिन्छ । समाजको मनोेवैज्ञानिक त्रासबाट जोगिनुपर्छ । यो त झन कोरोनाभन्दा पनि खतरनाक रहेछ । यसबाट जोगिनुपर्छ, यो उनीहरुको सिकाइ भयो । कोरोना भएको थाहा पाउने बित्तिकै तर्सेका र आतंंकित भएका छिमेकीले डिस्चार्ज भएर घर फर्र्कदा गरेको सम्मान र माया उनीहरुका लागि अविस्मरणीय भएको छ ।
१४ दिन आइसोलेसनमा बसेर कोरोना निको भएर घर पठाउँदा ७ दिन होम क्वारेन्टाइनमा बस्न भनिएको थियो । दुई दिनमैै लक्ष्मीले कार्यालयको काम सम्हालिन । ‘कोरोनाबाट आत्तिनु पर्दैन । यो निको हुन्छ । निको भएपछि पूरानै अवस्थामा काम गर्न सकिन्छ । मैले गरिरहेकी छु’, उनले आफैलाई उदाहरणको रुपमा प्रस्तुत गरिन् । कोरोना संक्रमितलाई काउन्सिलिङ गर्न पाए उनको आत्मसन्तुष्टि बढ्छ । लक्ष्मीले कोरोना परीक्षण गराउनु पर्ने र कोरोना लागेर पनि केही फरक पर्दैन भनेरसम्झाउने गरेकी छन् । ‘म पोजेटिभ भएर १४ दिनमा निको भएर फर्केको हुँ भन्छु । तपाईलाई पनि केही हुन्न’, उनी यसरी अनुभव साँटिरहेकी छन् ।
महामारीको बेलामा जोखिम मोलेर पत्रकारको उच्च मनोबलका साथ काम गरे पनि राज्यले नहेरेको मेघराजको गुनासो छ । भन्छन्, ‘कोरोनाबारे सचेतना फैलाउने र कोरोनाको उच्च जोखिममा रहेर काम गर्ने पत्रकारसँग राम्रो मास्क छैैन । सेनिटाइजर नै छैन । यस्ता सुविधा त राज्यको तर्फबाट उपलब्ध हुनुपथ्र्यो । कोरोनामा खटिने सबै पत्रकारको बिना गर्न जरुरी छ ।’ उनी पत्रकारलाई महामारीको समाचार कसरी संकलन गर्ने भन्ने विषयमा तालिम पनि आवश्यक ठान्छन् । ‘कोरोनादेखि हतोत्साही हुने होइन । लापरवाही पनि गर्न भएन । यो रोग केही पनि होइन पनि भन्नुभएन’, दुबैको सुझाव छ, ‘सकेसम्म भींडभाँडमा जानु भएन । जानै परे दुई मिटरको सामाजिक दुरी कायम गर्नुपर्छ । अनिवार्य रुपमा सर्जिकल मास्क लगाउ । सम्भव छ भने एन ९५ मास्क नै लगाउँदा राम्रो । सेनिटाइजर लगाउनु पर्छ । घरमै बस्दा त साबुन पानीले हात धोए पनि पुग्छ ।
स्वास्थ्यकर्मीले उच्चमनोबलका साथ सेवा गर्न आग्रह गर्दै लक्ष्मी जोखिममा काम गर्र्ने स्वास्थ्यकर्मीको सेवा सुविधा दिन राज्यले कन्जुुस्याइँ गर्न नहुने र सुरक्षाका सामग्रीहरु उपलब्ध गराउन सुझाव दिन्छिन् । ‘सेवा सुविधा नहुँदा र जोखिम मोलेर कसरी काम गर्न सकिन्छ भनेर स्वास्थ्यकर्मीहरुले प्रश्न गर्छन्’, उनले गुनासो सुनाइन् । कोरोना जित्न नियमित योग, ध्यान, व्यायाम, सन्तुलित खानपानहुँदै उर्जाशील व्यस्तता र कोरोनाबारे समाजमा रहेको मनोवैज्ञानिक त्रासलाई इन्कार गर्न सक्ने क्षमता विकास गर्नसक्ने उच्च साहास नै कोरोना जित्ने अस्त्र भएको मेघराजको बुझाइ छ । ‘मन, वचन र कर्मले उच्च मनोबलका रहने हो भने कोरोना जित्न सकिन्छ’, लक्ष्मी भन्छिन्, ‘आत्मबल बढेको स्वास्थ्यकर्मीले आत्मबल गिरेको संक्रमितको मनोबल बढाएर रोगसँग लड्नसक्ने क्षमता वृद्धि गरिदिनसक्छ । त्यसैले राज्यले स्वास्थ्यकर्र्मीको आत्मबल बढाउनु पर्छ ।’ (एक वर्ष अघि गरिएको कुराकानी अझै पनि सान्दर्भिक लागेर प्रकाशित गरिएको छ-सम्पादक)