१० जेठसम्म थपियो बाँकेमा निषेधाज्ञा

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले आगामी १० जेठसम्म निषेधाज्ञा थप गरेको छ । यो अवधिसम्म नेपालगन्जमा निषेधाज्ञा सुरु गरेको एक महिना पूरा हुनेछ ।
जिल्लामा कोभिड–१९ को संक्रमण दरमा कमी नआइ परिस्थिति असहज बन्दै गइरहेकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार जारी आदेशमा उल्लेख छ । यो अवधिमा अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका सेवा र अत्यावश्यक काम बाहेक हिडडुलमा पनि निषेध गरिएको छ । सिमित संख्याका कर्मचारीद्वारा दैनिक ३ घण्टा बैंक सेवा भने खुला रहनेछ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी दैनिक उपभोग्य बस्तु खरिदका लागि बिहान ६ देखि ९ बजेसम्मेर पसल सञ्चालन गर्न दिइने व्यवस्था कायमै छ । निषेधाज्ञाका कारण जिल्लामा कोरोना संक्रमण र मृत्युदर घट्दो क्रममा रहेको छ ।