बाँकेमा घट्दै संक्रमण : मंगलबार २०६ जनामा कोरोना

नेपालगन्ज : बाँकेमा पछिल्लो चार दिन यता कोरोना संक्रमण दर ओरालो लाग्दै गएको छ ।

यसले भयावह रुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहर क्रमशः घट्न थालेको संकेत गरेको छ । जेठ १ गतेदेखि यताको संक्रमण दर हेर्दा केही घटेको पाइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार १ जेठमा ३ सय ६१ जनाको परीक्षण गरिएकोमा ९७ जनामा पोजेटिभ देखिएको थियो । उक्त दिन बाँकेका प्रयोगशालामा कूल परीक्षण गरिएकामध्ये बाँकेका २६.८६ प्रतिशतलाई कोरोना देखिएको हो । यस्तै २ जेठमा १ हजार १ सय ७ जनाको परीक्षण गर्दा बाँकेमा ३ सय ६५ जना अर्थात करिब ३३ प्रतिशतलाई पोजेटिभ देखिएको छ । त्यसैगरी ३ जेठमा ३ सय ६३ जनाको नमूना जाँच गर्दा ७५ जना अर्थात २०.६१ प्रतिशत र ४ जेठमा गते बाँकेका प्रयोगशालामा कुल परीक्षण गरिएका १ हजार १५ मध्ये २ सय ६ जना अर्थात बाँकेका २०.२९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको पाइएको हो । पछिल्लो तथ्याँकले बाँकेमा कोरोना संक्रमण क्रमशः घट्दै गएको देखिएको छ । पछिल्ला दिनहरुमा संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्यामा बृद्धि भइरहेको छ । मंगलबार मात्र जिल्लाका १ सय ९ महिला र ९४ पुरुष गरी २ सय ३ जना डिस्चार्ज भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *