बर्दियामा ४ वर्षिया बालिका बलात्कार अभियोगमा ७९ वर्षका वृद्ध पक्राउ

राजापुर : बर्दियामा चार वर्षिया नाबालिका जबरजस्ती करणी गरेको अभियोगमा ७९ वर्षका पुरुष पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेमबहादुर शाहीका अनुसार राजापुर नगरपालिकाकी चार वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो । मंगलबार मध्यान्न १२ बजे ती पुरुषले नाबालिका जबरजस्ती करणी गरेको भन्दै उजुरी आएपछि प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा गएको टोलीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । पक्राउ परेका व्यक्ति उपर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।