हिमानी कोषद्वारा नेपालगन्जका ११ महिलालाई सिलाइ मेसिन सहयोग

नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, कार्यपालिका सदस्य इन्दिरा शाहीलगायतले मेसिन हस्तान्तरण गर्दै । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : पूर्वयुवराज्ञी हिमानी शाहको संस्था हिमानी कोषले नेपालगन्जका ११ जना महिलालाई सिलाइ मेसिन सहयोग गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाले सञ्चालन गरेको सिलाइकटाइ तालिमका सहभागीमध्ये उत्कृष्ट भएका ११ महिलालाई कोषको तर्फबाट उपलब्ध मेसिन सहयोग गरिएको हो । तेश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आइतबार नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, कार्यपालिका सदस्य इन्दिरा शाहीलगायतले मेसिन हस्तान्तरण गरेका थिए ।