भेरी अस्पतालको सुरक्षामा २५ प्रहरी खटाइयो

भेरी अस्पतालको सुरक्षामा खटिएको प्रहरी टोली इमरजेन्सी अगाडि । फोटो सौजन्य : तेज ओली

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको सुरक्षाका लागि २५ जना प्रहरी खटाइएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी नायव निरीक्षक (सइ) तोजेन्द्र विसीको कमाण्डमा २ जना प्रहरी सहायक निरीक्षक (असई) सहित २५ जना प्रहरी अस्पतालमै बस्ने गरी खटाइएको हो । बिहीबार अस्पतालको कोभिड वार्डमै स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि शुक्रबार जिल्लाका स्वास्थ्यकर्मीले सुरक्षाको माग गर्दै दिनभर आन्दोलन गरेका थिए ।