भेरी अस्पतालमा स्वास्थ्यकर्मीको प्रदर्शन जारी

नेपालगन्ज : स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा भेरी अस्पताल नेपालगन्जका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन जारी राखेका छन् ।
आइतबार भेरी अस्पतालको पूर्वी मूल गेट नजिक चिकित्सकसहितका स्वास्थ्यकर्मीले हात हातमा कालो पट्टी बाँधेर सुरक्षा र न्याय माग गरेका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए । आन्दोलनमा जिल्लास्थित विभिन्न स्वास्थ्य संघसंगठनका प्रतिनिधिहरुले पनि साथ दिएका थिए ।