राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनीमा कांग्रेसका पाण्डेय विजयी

राष्ट्रियसभाको उप-निर्वाचनमा लुम्बिनी प्रदेशबाट निर्वाचित दृगनारायण पाण्डेय । फोटो सौजन्य : गोपाल शर्मा

दाङ : राष्ट्रियसभाको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डेय निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार पाण्डेयले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पाण्डेयले पाँच सय ४६ मतभारको अन्तरले विजयी भएका हुन् । पाण्डेले स्थानीय तहतर्फ दुई हजार एक सय २४ मत भार र प्रदेशतर्फ मतभार दुई हजार १६ प्राप्त गरेका छन् भने खड्काले स्थानीय तह र प्रदेशतर्फ एक हजार नौ सय २० मतभार प्राप्त गरेका छन् । तीन सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो । निर्वाचनमा राप्रपाले बहिस्कार गरेको थियो । २ मत बदर भएको थियो । पाण्डेलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समूहको समर्थन थियो । खड्कालाई एमाले, महन्त ठाकुर समूह लगायतकाको समर्थन थियो । एमालेबाट प्रदेश सभा सदस्य निर्वाचित पाण्डे राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए । माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका खड्का एमालेमा प्रवेश गरेपछि पदमुक्त भएकाले उपनिर्वाचन भएको थियो । एमालेले खड्कालाई नै उम्मेदवार बनाएको थियो ।