वाणिज्य संघद्वारा पत्रकार र प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण

मुरली गोडिया । गुलरिया
बर्दियाको उद्योग वाणिज्य संघ गुलरियाले पत्रकार, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
संघले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य विपद्का बेला अग्रपंक्तिमा काम गर्नेहरुलाई कोरोना महामारीबाट जोगाउन मास्क, सेनिटाइजर, साबुनलगायतका सामाग्री वितरण गरेको हो । संघका अध्यक्ष देवेन्द्र पाण्डेका अनुसार नेपाल प्रहरीलाई एक सय बण्डल मास्क, ५ जर्किन सेनिटाइजर, एक सय ७५ थान साबुन र २५ पेटी खानेपानी, शसस्त्र प्रहरीलाई ५० बण्डल मास्क, ३ जर्किन सेनिटाइजर, एक सय थान साबुन र ६५ पेटी पानी, ट्राफिक प्रहरीलाई १० बण्डल मास्क, एक जर्किन सेनिटाइजर, २० थान साबुन, १० पेटी पानी र २० वटा फेसशिल्ड उपलब्ध गराएको हो । गुलरिया नगरपालिकामा सक्रिय पत्रकारहरुलाई मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको वरिष्ठ उपाध्यक्ष इन्द्रकुमार श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *