हिमानी कोषले नेपालगन्जलाई निःशुल्क खोप दिने

नेपालगन्ज : पूर्वयुवराज्ञी हिमानी शाहको संस्था हिमानी कोषले नेपालगन्जवासीलाई निःशुल्क खोप उपलब्ध गराउने प्रस्ताव उपमहानगरपालिकासँग गरेको छ ।
सरकारले अनुमति दिएमा हिमानी कोषले जोनसन एण्ड जोनसन कम्पनीको खोप नेपालगन्ज उपमहानगरपालिकामा निःशुल्क उपलब्ध गराउन प्रस्ताव गरेको छ । नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले कोषको प्रस्ताव स्वीकृति गर्दै छिटोभन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । सरकारले अनुमति दिएमा कोषको सहयोगमा नगरवासीका लागि आवश्यक खोप खरिद गर्ने निर्णय गरेको छ । कोभिडविरुद्धको खोप अन्य संघसंस्थाले पनि उपलब्ध गराउन चाहेमा स्वीकृत दिने बैठकले निर्णय गरेको उपमहानगरका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।