मन्त्रिपरिषद् पूर्णता : थपिए ७ मन्त्री र १ राज्यमन्त्री

नेपालगन्ज : केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुुन् । गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपंछि विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्रीको रुपमा शपथ लिएका छन् । प्रधानमन्त्री ओलीले आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरेकी छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सात मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् भने प्रधानमन्त्री ओलीले राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका थिए ।