१७ असारदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुने
नेपालगन्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी १७ असारदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको छ ।
नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले बुधबार सूचना जारी गरी कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न तथा अन्तर्राष्ट्रिय उडानको व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको जनाएका छन् ।









