राजापुर कोभिड अस्पताललाई २ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

शक्ति परियार, राजापुर ।
नेपाल चिकित्सक संघ काठमाडौंले राजापुर कोभिड १९ विशेष अस्पतालका लागि २ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको   छ ।
विश्वव्यापी रुपमा मानवजातीलाई प्रभाव पारी जनधनको क्षती पुर्याई रहेको कोरोना भाइरसको जोखिम समयमा अक्सिजनको कमी हुन नदिन संघले नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र न. २ प्रदेश सभा क्षेत्र नं २(१) र प्रदेश सभा नं २(२)को सयुक्त पहलमा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।
नेपाली काग्रेस प्रदेश सभा क्षेत्रीय सभापति बर्दिया क्षेत्र नं २(२) नाचु राम चौधरीले राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्याललाई सो कन्सन्ट्रटर हस्तान्तरण गरे । हस्तान्तरण गर्दै चौधरीले विगतका दिन देखी नै नेपाली काग्रेस मार्फत कोभिडका बिरामीका लागी माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गर्दै आएको बताए । नेपाली काग्रेस बर्दियाको पहलमा संघले बर्दियाको भुरीगाँउ र मधुवनमा पनि यो कन्सन्ट्रटर प्रदान गरी सकेको छ।