बेरोजगार युवा र गृहिणीलाई कुसन बनाउने तालिम

नेपालगन्ज : नेपालगन्जमा बेरोजगार युवा र गृहिणीलाई कुसन बनाउने तालिम दिइएको छ । नेपालगन्ज उपमहानगरपालिका १३ को सहयोगमा समृद्धि सिलाइकटाइ प्रशिक्षण केन्द्रले वडाका १८ जनालाई १० दिने कुसन बनाउने तालिम दिएको हो ।

तालिम समापन समारोहमा वडा नं. १३ का अध्यक्ष वीरेन्द्रबहादुर शाहले कुसन बनाएर व्यवसाय सुरु गर्न आग्रह गरेका थिए । वडा सचिव मदनकुमार रावतले तालिम अत्यन्तै उपलव्धीमूलक रहेकाले उत्पादनलाई बजारीकरण गर्न सुझाव दिएका थिए । तालिमका सहभागी अनन्या गुरुङ र राजकुमारी मण्डललेतालिममा सिकेको सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए । नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिका सदस्य पुुष्पा भटराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समृद्धि सिलाइ कटाइ प्रशिक्षण केन्द्रकी अध्यक्ष कल्पना विक, वडा सदस्य सत्यनारायण यादव, उमेश प्रकाश चौहान लगायतले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सल्लाह दिएका थिए ।