बैजनाथले मनायो रोपाइँ दिवस

बैजनाथ : बाँकेको बैजनाथ गाउँपालिकाले पनि रोपाइँ दिवस मनाएको छ ।
गाउँपालिकाको कृषि शाखाले मंगलबार आयोजना गरेको रोपाइँ कार्यक्रमको शुभारम्भ गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरी मानो रोपेर मुरि फलाउने दिन भएकाले रोपाइँ दिवस किसानका लागि विशेष दिन भएको बताएका थिए । अध्यक्ष ठकुरीले युवाहरूलाई विदेश पलायन हुनुभन्दा स्वदेशमै कृषि कार्यमा लाग्न आग्रह गरेका थिए । उनले भने, स्वदेशमै कृषि कार्य गर्ने युवालाई गाउँपालिका जमानतमा बसेर बैंकमार्फत बिना धितो सहुलियत कर्जा प्रदान गर्न स्थानीय सरकार प्रतिबद्ध छ ।


कार्यक्रममा वडा नंं. २ का अध्यक्ष प्रेमबहादुर थापा, वडा न ३ का अध्यक्ष रामचरण थारु, वडा न ५ का अध्यक्ष मनबहादुर खत्री, वडा न ७ का अध्यक्ष सीताराम थारु, गाउँ कार्यपालिका सदस्य लक्ष्मी थारु, कार्यपालिका सदस्य पद्वमा रोकाय र बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्मा लगायतको उपस्थिति रहेकोे थियो।