३ दिनदेखि बेपत्ता ३ वर्षे नाबालकको शव फेला

टीकापुर नगरपालिका-४ बागमारास्थित जमरा कुलामा बेपत्ता बालकको शव खोज्दै प्रहरी । फोटो : मानबहादुर ठकुल्ला

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. ८ का तीन दिनदेखि बेपत्ता भएका तीन वर्षे नाबालक मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय दिलिप विष्टका करिब ३ वर्षका छोरा विवेक सोमबार ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए । उनको बुधबार ६ बजेतिर टीकापुर नगरपालिका ४ बागमारास्थित जमरा कुलाको किनारमा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । पानीमा डुबेको अवस्थामा शव फेला परको छ। उनले कानमा लगाएको सुन भेटिए पनि चाँदीको बाला भने फेला नपरेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान विवेक हराएका थिए ।